
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोप लगाउनका लागि प्रयत्नशिल रहेको बताउनुभएको छ ।
आज पत्रकारहरुसँगको कुराकानीमा मन्त्री तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनका लागि सरकारले प्रयास गरिरहेको बताउनुभएको हो ।
खोप ल्याउने क्रम जारी रहेको भन्दै उहाँले उमेर समूह अनुसार क्रमशः खोप दिदैँ जाने बताउनुभयो । दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुका लागि पनि चाँडै खोप ल्याइने बताउनुभयो ।
उहाँले नेपाली जनताको रक्षाको लागि आफुले गर्नसक्ने सवैप्रकारका प्रयत्न गर्ने बताउनुभयो ।