प्रदेश १ सभाको शुन्य समयमा कुन कुन सांसदले के के सुझाव दिनुभयो ?

विराटनगर ।

प्रदेशसभा सदस्य ज्योती सुब्बा

प्रदेशसभा सदस्य ज्योती सुब्बा प्रदेश १ मा जारी बजेट अधिवेशनको शुन्यसमयमा बोल्दै स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेण्टी गर्न, अस्पतालहरुमा भेण्टिलेटर, आइसियू, अक्सिजनलगायतका उपकरणहरुको भरपर्दो व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

यस्तै समानुपातिक सांसदहरुका लागि बजेटको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । शून्य समयमा सांसदहरुले बोलेको विषय सरकारले गम्भिरता पूर्वक लिई कार्यान्वयन गरी जनतालाई दिएको आश्वासन पूरा गर्ने वातावरण निर्माण गर्नपनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभा सदस्य झलकबहादुर मगर

प्रदेशसभा सदस्य झलकबहादुर मगरले कोरोना महामारीका बीच झापाको दमकमा प्रहरीले सुकुम्बासी बस्ती हटाउने काम गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ ।

प्रदेशसभा सदस्य सितादेवी थेवे

सांसद सितादेवी थेबेले प्रदेशको नामकरणको विषयमा प्रदेश सरकारको गम्भिर हुनुपर्नेमा जोड दिनुभएको छ । यस्तै बजेट मार्फत तेह्रथुमको चौहान डाँडा विमानस्थल र सुकेटार विमानस्थलको नामकरण परिवर्तन भएकोमा उहाँले आपीत्त जनाउँदै नामकरण स्थानीय वस्तुस्थिति र पहिचानको आधारमा हुने बताउनुभएको छ ।

यी दुबै ठाउँमा स्थानीयवासीको भावनामा कुठाराघात भएको भन्दै उहाँले अहिले दर्जनौं संघ संस्था र स्थानीय तहहरुले विरोध गरिरहेकोले त्यसलाई तत्काल सच्याउन माग गर्नुभएको छ । चुहानडाँडाको नाम भक्तमान कन्दंगबा राख्ने बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि गरेको थियो । यो पटक पटक किन नाम परिवर्तनको खेल भइरहेको भन्दै उहाँले आश्चर्य प्रकट गर्नुभएको छ ।

प्रदेशसभा सदस्य सूयर्माराज राई

सांसद सूयर्माराज राईले चुरे उत्खनन र दोहन भइरहेको अवस्थामा यसलाई रोक्नुको साटो बजेटमार्फत भारततर्फ निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने निर्णय गरिएकोमा आपत्ति जनाउनुभएको छ । उहाँले केन्द्र सरकारको यो निर्णय घर डढाएर खरानी बेच्ने सपनाको रुपमा चित्रण गर्नुभयो ।

चुरे दोहोनकै कारण पहिले २५ फिट जमिन मुनी भेटिने पानी अहिले ४ सय फिटमा पनि आउन छाडेको बताउनुभयो । उहाँले यस विषयमा प्रदेश सरकारको धारणा पनि आउनुपर्ने बताउनुभयो । उहाँले नदीजन्य पदार्थको दोहनको विषयमा साझा संकल्पको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker