विपक्षीले गरे प्रदेश २ सभा अवरुद्ध

जनकपुर । प्रदेश २ सरकारले आफूहरुसँग समन्वय नगरी स्थानीय तहलाई सशर्त अनुदानको बजेट उपलब्ध गराएको भन्दै विपक्षी दलका सांसदहरुले प्रदेशसभा बैठक अबरुद्ध गर्नुभएको छ ।

बैठक सुरु हुनासाथ विपक्षी दल कांग्रेस, माओवादी र एमालेका सांसदहरुले सदन अवरुद्ध गरेपछि सभामुख सरोजकुमार यादवले १ घण्टाका लागि बैठक स्थगित गर्नुभएको हो ।

विपक्षी दलका सांसदहरुले आफ्नो स्वार्थसिद्धी हुने योजना छनौट गरेर त्यसमै बजेट दिनुपर्ने प्रदेश सरकारलाई यसअघि निर्णय गर्न बाध्य पारेका थिए । माओवादी केन्द्रका सांसद रामकुमार यादवले प्रदेश सरकारले आफ्नो कार्यकर्ता पाल्न सशर्त अनुदान स्थानीय तहलाई पठाएको हास्यास्पद तर्क प्रस्तुत गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker