प्रहरी पोष्ट तोडफोड गर्ने पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका १५ बसपार्कस्थित अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ । स्थानीय २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु, ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु पक्राउ परेको हो ।

बिक्रम, सिजन र कालु जेठ १८ गते धरानको देउरालीबाट र बसन्त र रेगन धनकुटाको छथरपोखरी ४ बाट जेठ २४ गते पक्राउ परेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

जेठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोडका साथै प्रहरी सहायक निरीक्षकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker