सिँचाई डिभिजनका चालकको मृत्यु

विराटनगर । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीमा कार्यरत सवारी चालक ३८ वर्षीय राजु ढकालको आज मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका घर भई विराटनगरस्थित पुष्पलाल चोकमा डेरा गरी बस्दै आएका ढकाल विराटनगर ३ स्थित मुख्यमन्त्री निवास अगाडि कार्यालयको प्रदेश१–०४–००१झ ०००६ नम्बरको गाडीभित्र अचेत अवस्थामा फेला परेका थिए ।

स्थानीयले ढकाललाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल बरगाछी प्रहरी चौकको टोलीले उहाँलाई उद्धार गरी उपचारका लागि नोवेल अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो ।

आफैले चलाउँदै आएको गाडीभित्र सबै झ्याल र ढोका लगाएर सुतेका चालक ढकाल अचेत अवस्थामा फेला परेको र उद्धार गरेपछि अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेकाले अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker