इतिहासमै पहिलो पटक स्थगित भएको जनगणना साउनदेखि सुरु गर्ने तयारी

काठमाडौं । इतिहासमै पहिलो पटक तोकिएको मितिमा हुन नसकेको राष्ट्रिय जनगणना साउनदेखि असोजसम्म गर्ने केन्द्रिय तथ्यांक विभागले तयारी गरेको छ । कोरोना महामारीले हिजोबाट सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न भइसक्ने जनगणना सुरु हुन नसकेको हो ।

तथ्यांक विभागले अब साउनदेखि असोजसम्म जनगणना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लग्ने तयारी गरिएको जनाएको छ । कोरोना संक्रमण तिब्र गतिमा फैलिन थालेपछि तथ्यांक विभागले बैसाख २० गतेदेखि जनगणनाको सबै कार्यक्रम स्थगित गरेको छ ।

विभागले सबै प्रदेश र जिल्लामा ८ हजार सुपरीवेक्षक र ३९ हजार गणक छनोट गरेर जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र तोकेर प्रशिक्षण सामग्री पठाइसकेको थियो ।१९६८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको जनगणनाको यो १२ औं पटक हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker