विपक्षीले अबरुद्ध गर्दै आएको कर्णाली प्रदेशसभाको बैठक आज पुनः बोलाइयो

काठमाडौं । कर्णाली प्रदेश सरकारले फौजदारी अभियोग लागेका अम्मरबहादुर थापालाई मन्त्री बनाएको विरोधमा विपक्षी दलले दुई दिनदेखि अबरुद्ध गर्दै आएको प्रदेशसभा बैठक आज पनि बोलाइएको छ ।

थापालाई भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री बनाएपछि प्रतिपक्षी दल एमालेले सोमबारदेखि प्रदेशसभा बैठक अबरुद्ध गर्दै आएको छ । प्रदेशसभामा जारी गतिरोध अन्त्यका लागि हिजो भएको छलफलमा सहमति जुट्न सकेन ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई ऐन, कानुन लत्याएर प्रदेश सरकारले मन्त्री बनाएकाले विरोधमा उत्रिन बाध्य भएको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker