प्रदेश १ सभामा आजबाट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुँदै

विराटनगर । प्रदेश १ सभामा विनियोजन विधेयक २०७८ माथि आजबाट छलफल सुरु हुनेभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले हिजो प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकता पेस गर्नुभएको हो ।

विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि सभामुख प्रदिपकुमार भण्डारीले आज साढे ११ बजे प्रदेशसभा बैठक बोलाउनुभएको छ । छलफलमा विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने अवस्था रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker