प्रदेश सरकार खोज्न सवै विपक्षी एकठाउँ उभिनुपर्ने भयो :  केदार कार्की

विराटनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारलाई खोज्न सबै विपक्षी एक ठाउ उभिनु पर्ने अवस्था आएको बताउनुभएको छ ।

प्रदेश १ सभाको विशेष समयमा बोल्दै कार्कीले प्रदेशसभामा मुख्यमन्त्रीले दिएको अभिव्यक्ती झुठ रहेको टिप्पणी गर्नुभयो । १० दिनमा बनाएको अस्पताल बन्द राख्ने र जनताले बनाएको नागरिक केयर सेन्टरको ९६ बेड देखाएर सरकार बसेको भन्दै विपदको बेला सरकार हराएको बताउनुभयो ।

उहाँले बीएण्डसी अस्पतालमा २ लााख धरौटी राख्ने पैसा नभएर घर फर्किएर संक्रमितको मृत्यु भएको स्मरण गराउँदै उहाँले मन्त्रीहरुबाट बोलिने झुठलाई बन्द गर्न आग्रह गर्नुभयो । कार्कीले कोभिडको नाममा छुट्याएको ५० करोड कहाँ गयो भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।

यस्तै उहाँले विद्यालयमा अनलाइन कक्षाको कुरा गर्ने तर विद्यार्थीले घरमा डाटा किनेर कहाँबाट चलाउने त्यो पनि बुझ्नुपर्ने बताउनुभयो । त्यो भन्दा महत्वपूर्ण विषय हरेक शिक्षक र विद्यार्थीलाई खोप लगाएर विद्यालय सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

सरकारले अहिले सांसदलाई गाली खुवाउने बाहेक कुनै काम गर्न नसकेको भन्दै कार्कीले फेरी पनि सरकार झुठको पुलिन्दा बोकेर आउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारले डोकोमा बोक्ने किताव होइन ,जनताले पढने बोकेर आओस् । सरकारले आफू मन्त्री भएको मात्रै अनुभुति गरेको छ । प्रदेशसभा सदस्य र जनताले सरकारको अनुभुति गर्न सकेको छैन ।’

सरकारले बजेटमा आफनो क्षेत्र, मन्त्रीको क्षेत्र बाहेक देख्न नसकेको भन्दै त्यसमा पनि ध्यान दिन कार्कीले सुझाव दिनुभयो । यस्तै उहाँले प्रदेशको नामाकरणको बिषयमा समेत झुठ बोलेको भन्दै सरकार टिकाउन र लम्ब्याउनका लागि नामाकरणको बिषय टुङ्ग्याउन नचाहेको आरोप लगाउनुभयो । सरकारले नामाकरणको विषयमा गम्भिर नबनेर सवै प्रदेशसभा सदस्यहरुको नाम र इज्जतसँग खेलिरहेको बताउनुभयो ।

केन्द्र सरकारले ढुंगा गिट्टी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने भन्नु, मृगौला बेचेर लुतोको उपचार गरे जस्तै हुने भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो,‘ केन्द्र सरकार राष्ट्रवादी होइन जनघाती हो । अपराधै अपराधको श्रृङखलाबाट जन्मेको सरकार अपराधै अपराधले ग्रसित छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker