
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ विरुद्धको खोपको बिषयमा केहिदिनमै सकारात्मक समाचार आउने बताउनुभएको छ ।
ज्ञापनपत्र बुझाउन गएको नेपाल खेलकुद महासंघको टोलीसँग उहाँले सवै नागरिकलाई खोप लगाउने सवालमा सरकार प्रतिवद्ध भएर प्रयत्नशिल रहेको बताउनुभयो ।
यस्तै उहाँले खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि अब उच्च प्राथमिकता दिने बताउनुभएको छ । सरकार कोभिड–१९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको उहाँले बताउनुभयो ।
खोपको सीमितताको कारण उमेर समूहलाई छुट्याएर खोप लगाउनुपरेको भन्दै उहाँले भन्नुभयो, चाँडै अन्य क्षेत्रका नागरिकलाई पनि खोपको व्यवस्था गर्न सकिन्छ ।
मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडीलगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकासहित प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।