विराटनगर अस्पतालमा मोडुलर आईसियु सञ्चालनमा, घरबाटै विरामी हेर्न सकिने

विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम) आजदेखि मोडुलर आईसियु सेवा सञ्चालनमा ल्याएको छ । यस प्रविधिमा आइसियुमा रहेका विरामीलाई परिवारका सदस्यले घरबाट नै हेर्न सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालले आज १४ बेडको मोडुलर आई.सि.यु. र ११ बेडको न्युरो सर्जिकल आई.सि.यु. सञ्चालनमा ल्याएको छ । ति आईसियुको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको हो ।

न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको उक्त मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने तथा संक्रमित बिरामीलाई अन्य बिरामीसंग छुटाएर राख्न उपयोगी हुने अस्पतालले जनाएको छ । यो आइसियु पूर्वी नेपालमा नै पहिलो पटक विराटले सञ्चालनमा ल्याएको अस्पतालको दावी छ ।

यो प्रविधियुक्त आईसियुमा रहेका बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराईज्ड ब्यवस्था जडान गरिएको हुन्छ । कोभिड– १९ को संक्रमण तिब्रतर बढिरहेका बेला आफन्तलाई विरामीको अवस्था हेर्न अस्पताल नै पुग्नुपर्ने बाध्यता घटाउने र भिडियोबाट नै विरामी र विरामीको स्वास्थ्य अवस्था बुझ्न सकिने आईसियु इञ्चार्ज डा.ललित राजबंशीले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker