आज ५ हजार ७६८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । बितेको २४ घण्टामा देशभरबाट ५ हजार ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ ।

यहि अवधिमा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ९९ हजार ७०८ पुगेको छ ।

बितेको गत २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker