प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित दलका प्रमुखसँग सभामुखले छलफल गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूसँग छलफल गर्नेहुनुभएको छ ।उहाँले दलका प्रमुखहरुलाई समसामयिक विषयका लागि छलफल गर्न भन्दै आज पत्राचार गर्नुभएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । जेठ २८ गते २ बजे निर्धारण गरिएको संसद भवनको ल्होत्से हलमा हुने जानकारी दिइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker