करेन्ट लागेर नाबालकको मृत्यु

झापा । बिर्तामोड नगरपालिका १० ठुटेबरचोकमा करेन्ट लागेर आज एक नाबालकको मृत्यु भएको छ । स्थानीय कुमार गुरुङको ३ वर्षीय छोरा अभिनास गुरुङको मृत्यु भएको हो ।

खेल्ने क्रममा आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तार छुदा करेन्ट लागेर घट्नास्थलमै अभिनासको मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker