गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै

विश्वासको मत पाउन कठिन

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत लिने भएको छ । गण्डकी प्रदेशसभाको आज १२ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिने भएको हो ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक ३१ जना प्रदेशसभा सदस्यको समर्थन जुटाउन मुख्यमन्त्री गुरुङलाई चुनौति देखिएको छ । एमालेका सभामुखखसहित २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनता समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाले पार्टीको ह्विप उलंघन गरेर मुख्यमन्त्री गुरुङलाई सघाउने भएको छ । उहाँसहित मुख्यमन्त्रीको पक्षमा कूल २८ प्रदेशसभा सदस्य मात्रै देखिएको छ ।

स्वतन्त्र प्रदेशसभा सदस्य दिपक मनाङ्गेलाई मन्त्री नियूक्त गरेपछि विपक्षीको मोर्चा उभिनुभएको छ ।

यसअघि विपक्षीले अविश्वास प्रस्ताव दर्ता गराएपछि गुरुङले मुख्यमन्त्री बाट राजिनामा दिएका थिए । तर विपक्षी दलले विश्वासको मत पाारित हुने आधार प्रस्तुत गर्न नसकेपछि गुरुङ ठूलो दलको नेताको हैसियतले वैसाख २९ गते मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्था अनुसार उहाँले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker