प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको छ । उहाँले २५ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री, आरजु देउवालाई हराएका कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विना विभागीय र रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चारमन्त्री, ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा नियुक्त गर्न लाग्नु भएको छ ।

तत्कालिन माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य हुनुभएका ज्वाला कुमारी एमालेमा लागेपछि सांसदबाट बर्खास्त गरिएको थियो । उहाँहरुलाई बेलुका पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker