
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भन्दै प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै भ्रामक तथा असत्य सूचना सम्प्रेषण गराउनु खेदजनक भएको उल्लेख गर्नुभएको छ । यस प्रकारको गलतरभ्रामक सूचना सामाजिक सञ्जालमा पोष्ट नगर्नसमेत सम्बन्धित आग्रह गरिएको छ ।