हतियार र लागु औषधसहित ३ जना पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नं.–१० भाउन्ने जंगलस्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको साथबाट हतियार र लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले पैदलयात्री बेलबारी ११ का १६ वर्षीय प्रितम राई र १५ वर्षीय सन्देश दास र कानेपोखरी ७ का ६५ वर्षीय दिललकुमार योगीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार मोरङकै सुन्दरहरैचा ९ का चेवनकुमार धमला र बिशाल भनिने खेम भट्टराई समेत ५ जना नै घाइते भएका थिए । घाइते सवैलाई उपचारका लागि बेलबारी स्थित नोवेल सामुदायिक अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा मोटरसाइकलमा सवार रहेका घाइते धमला र भट्टराईको गतिविधि शंकाष्पदलागेर चेकजाँच गर्दा प्रहरीले लागुऔषध बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुशार उनीहरुको साथबाट ८ सय ९२ पिस नाईट्रोजन ट्याब्लेट र १३ : ८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको थियो ।

अनुसन्धान गर्दै जाँदा प्रहरीले लागुऔषध विक्रि गर्ने मोरङको सुनवर्षी गाउँपालिका–८ का ६० वर्षीय अब्बास मियाँलाई समेत नियन्त्रणमा लिएको छ । अब्बासको घरमा खानतलासी गर्ने गर्दा कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली २ थान, लागुुऔषध (नाईट्रोभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल) र चक्कु १ थानसमेत फेला पारेको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker