गण्डकी प्रदेशमा मनाङेको राजिनामाले विपक्ष गठबन्धनको सरकार बन्ने

पोखरा । गण्डकी प्रदेशमा युवा तथा खेलकुदमन्त्री दीपक मनाङे भन्ने राजिव गुरुङले राजिनामा दिएपछि विपक्षी गठबन्धनको सरकार बन्ने भएको छ ।

मनाङेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सदनमा विश्वास गुमाइसकेकाले मन्त्रीमा बसिरहन नैतिकताले नमिलेकोले राजिनामा दिएको बताउनुभयो ।

उहाँले जारी गरेको विज्ञप्तीमा आफूले विपक्षी गठबन्धनलाई समर्थन नगरे प्रदेशसभा नै विघटन हुने मोडमा पुगेकाले संसद जोगाउन विपक्षीलाई समर्थन गरेको उल्लेख छ । उहाँको समर्थनसँगै ६० सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनलाई बहुमत ३१ सांसदको समर्थन पुगेको छ ।

अब कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठनको तयारी विपक्षी गठबन्धनले सुरु गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker