युरोकप फुटबल आजदेखि हुदै

विराटनगर । मिनी विश्वकपका रुपमा चिनिने युरोपियन च्याम्पियनसीप आजदेखि शुरु हुदैछ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष हुन नसकेको प्रतियोगिता सरेर यसपटक हुन लागेको हो ।

युरोपका २४ टोलीबीचको प्रतिस्पर्धालाई फिफा विश्वकपपछिको रोमाञ्चक फुटबल प्रतियोगिताको रुपमा लिने गरिएको छ । यो प्रतियोगिता पहिलोपल्ट विभिन्न १२ देशमा आयोजना हुँदैछ ।

उद्घाटन आज इटलीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ भने समापन इंग्ल्याण्डको वेम्वलीमा हुनेछ । आजको उद्घाटन खेलमा इटली र टर्की आमने सामने हुँदैछन् ।

सन् २०१२ को फाइनल खेलेको इटली त्यसअघि सन् १९६८ को आफ्नो पहिलो सहभागितामै विजेता बनेको थियो । इटलीले अहिलेसम्म ९ पल्ट युरोकप खेलेको छ । अहिलेसम्म ५ पटक मात्र युरोकप खेलेको टर्की भने एक पटक सेमिफाइनल सम्म पुगेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker