
पाँचथर । पाँचथरको हिलिहाङ गाऊँपालिका– १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ ।
काम गर्ने क्रममा फलामको पाईपले लागेर गुल्मी सत्यवती गाऊँपालिका– २ का २९ वर्षीय मोहन राहादी मगरको मृत्यु भएको हो । हिजो बेलुका साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजनको फलामको पाईपले मगरलाई थिच्दा घटनास्थमै मृत्यु भएको हो ।
प्रहरीका अनुशार बा३क ३८४५ नम्बरको क्रेनले उक्त पाइप उठाउने क्रममा क्रेनको साङली चुडिँएर मगरको घाँटीमा पाईपले थिचेको थियो ।
क्रेन अप्रेटर बारा सखुवाघाट गाऊँपालिका– ७ का २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पाँचथर प्रहरीले जानकारी दिएको छ ।