देशभरमा ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार २ सय २५ जना कोरोना संक्रमितहरु निको भएका छन् । यहि अवधिमा ३ हजार ७ सय ५० जनामा थप संक्रमण पुष्टि भएको छ ।

हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । यो संख्यासँगै नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ ।

यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker