भोली कांग्रेसको पदाधिकारी बैठक बस्ने

काठमाडौं । भोली दिउँसो नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोली दिउँसो २ बजेका बूढानीलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारी बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक बिषयमा छलफल हुने सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभएको छ । कांग्रेसले आगामी भदौमा गर्ने गरी पार्टीको महाधिवेशन तय गरेको भए पनि कार्यतालिका भने प्रभावित भएको छ।

कोरोना महामारीका कारण पार्टी महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले यस बिषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो । पार्टीको महाधिवेशन समयमै गर्न सभापति देउवालाई नेताहरुले दबाब छ भने संविधानतः आगामी भदौमा महाधिवेशन नभए कांग्रेसको वैधानिकतामा पनि प्रश्न उठ्ने देखिन्छ।

यसअघि कांग्रेसका आधा दर्जन बढी केन्द्रिय सदस्यहरुले वैकल्पिक माध्यामबाट भएपनि भदौमा महाधिवेशन गर्नका लागि सभापति देउवालाई सुझाव दिएका थिए । देउवाले पनि पार्टीको महाधिवेशन गर्न आफु प्रतिवद्ध रहेको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker