प्रदेश १ मा चौथो मेडिकल कलेज

विराटनगर । प्रदेश १ मा चौथो मेडिकल कलेजले सम्बन्धन पाउने अन्तिम टुंगो लागेको छ । चिकित्सा शिक्षा आयोगको बैठकले झापाको बिर्तामोर्डस्थित बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको छ ।

निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको बताउनुभयो । योसँगै यस प्रदेशमा मेडिकल कलेजको संख्या चार पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल शिक्षण अस्पताल विराटनगर र विराट मेडिकल शिक्षण अस्पताल बुढीगंगामा चिकित्सा शिक्षा अध्ययन अध्यापन हुँदै आएको छ । आयोगले प्रक्रिया पूरा गरेर बीएण्डसीलाई सम्बन्धन दिएसँगै मेडिकल कलेजको संख्या चार पुग्ने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker