अस्ट्रेलियासँग हारेर पनि नेपाली टोलीले प्रसंशकको मन जिते

काठमाडौं । विश्वकप र एसियाकप को दोस्रो चरणको छनौट खेलअन्तर्गत गएराती अस्ट्रेलियासँग हारेर पनि नेपाली फुटबल टोलीले प्रसंशकको मन जित्न सफल भएको छ । फिफा वरियतामा ४१ औं स्थानमा रहेका अस्ट्रेलिया टोलीसँग १७१ औं स्थानका नेपाली टोलीबीचको खेल रोमाञ्चक रहयो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालले खेलेको खेलबाट खुशी रहेको प्रतिक्रिया दिनुभयो ।

एसियाकप विजेता अस्ट्रेलियासँग ३–० गोलले नेपाली टोली पराजित भयो । यसअघि सन् २०१९ मा अस्ट्रेलियासँग पराजयको गाले अन्तर ५–० थियो । नेपालले ठूला टिमसँगको खेलमा गोल अन्तर घटाउँदै लगेको हो ।

कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफ पछि १० खेलाडीमा समेटिएर पनि ३–० गोलअन्तरले मात्रै पराजित भयो ।

पहिलो हाफमा अष्ट्रेलियाले नेपालविरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले रातो कार्ड पाएका थिए । दोस्रो हाफमा अष्ट्रेलियाले एक गोल मात्र थप्यो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker