![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/06/home-minister-khagaraj-Adhikari.jpg)
काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुग्नुभएका अधिकारीले प्रहरी कर्मचारीलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शीरमा राखेर अगाडि बढ्न निर्देशन दिनुभयो ।
सोहि क्रममा ७ वटै प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी अधिकारीहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।
नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबै भन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै उहाँले सीमित साधन स्रोतका बावजुद नेपाल प्रहरीलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको बताउनुभयो ।
गृहमन्त्री अधिकारीले कोभिड–१९ को महामारीले सृजना गरेको विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने तथा नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा प्रशंशा गर्नुभयो ।
उहाँले सोहि क्रममा गृहमन्त्री अधिकारीले घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने तयारीमा लाग्न निर्देशन दिनुभयो ।