नौ दिन पछि धकेलियो कांग्रेसको महाधिवेशनको मिति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति ९ दिन पछि सरेको छ । यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि तय भएको मिति १६ भदौ देखि १९ गतेसम्म गर्ने निर्णय भएको हो । आज बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले महाधिवेशन १६ भदौ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने उल्लेख छ । त्यस्तै केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने छ ।

कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँ र नगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker