होसमा आए क्रिस्टियन एरिक्सन

कोपनहेगन । युरो २०२० फुटबल प्रतियोगितामा फिनल्यान्डसँगको खेलमा गएराती खेल मैदानमा ढलेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन होसमा आउनुभएको छ ।

डेनिस फुटबल संघका अनुसार एरिक्सन होसमा आएको स्वास्थ्य अवस्था स्थिर छ । उहाँ बोल्न सक्ने अवस्थामा रहेको बिभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । एरिक्सन ढलेपछि स्थगित गरिएको खेल स्थानीय समयअनुसार साँझको ८ : ३० बजे नेपाली समय १२ : १५ बजे सुरु हुने संघले जनाएको छ ।

खेल्ने क्रममा ढलेपछि उहाँलाई मैदानमै ‘सीपीआर’ प्रदान गरेर नजिकैको अस्पताल लगिएको समाचार संस्थाहरुले जनाएको छ । डेनमार्कका लागि सर्वाधिक गोलको कीर्तिमान एरिक्सनकै नाममा रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker