लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ ।

विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएपनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि विवाद अन्त्य भएको छ । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker