प्रदेश १ मा नीति तथा कार्यक्रम पारित

विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा आज बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम पारित गर्नका लागि गरेको प्रस्ताव प्रदेशसभामा उपस्थित बहुमत प्रदेशसभा सदस्यहरुको ध्वनी मतले पारित भएको हो ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो ।

‘नीति तथा कार्यक्रममा आएका विषय सबै कार्यान्वयन हुन्छ त्यसमा शंका नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह छ,’ उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा उल्लेख भएका सबै कार्यक्रम औचित्यपूर्ण भएकोले सर्वसम्मतले पास गर्न आग्रह छ ।’

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेस, विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव पेस गर्नु भएको थियो ।

जसपाले नीति तथा कायृक्रममाथि समर्थन जनाउँदै चुरे संरक्षणका लागि आवश्यक व्यवस्था गरिने बुंदा थपका लागि पेस गरेको संशोधन प्रस्ताव मुख्यमन्त्री राईले स्विकार गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले प्रस्ताव स्विकार गरेपछि जसपाका संसदीय दलका नेता जयराम यादवले संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । कांग्रेस र माओवादी केन्द्रले पेस गरेको संशोधन प्रस्ताव पारित भएन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker