राईटपाथ र एडभोएले बेलायत र क्यानडा जान चाहने विद्यार्थीका लागि निःशुल्क वेबिनार सप्ताह गर्दै

काठमाडौं । विश्व कोरोना महामारीका कारण भौतिक उपस्थितिमा अध्ययन अध्यापनको वातावरण नभएको बेला राईटपाथ र एडभोएको सहकार्यमा बेलायत र क्यानडामा अध्ययनका लागि जान चाहनेका लागि निःशुल्क वेबिनार आयोजना गर्ने भएको छ ।

१५ जूनबाट सुरु हुने वेबिनारमा यूकेका ६ विश्वविद्यालयका पदाधिकारीले आवश्यक सूचना र जानकारी प्रदान गर्ने एडभोएले जनाएको छ । वेबिनार अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि उपयोगी हुने एडभोए नेपालका कन्ट्र्री डिरेक्टर फिलिप डिसीले जानकारी दिए ।

वेबिनार जुम प्ल्याटफर्मबाट सञ्चालन गरिनेछ । वेबिनारमा १५ जूनमा ब्राइटन विश्वविद्यालय, १६ जूनमा बोल्टन, १८ जूनमा रोह्याम्टन, २३ जूनमा हडर्सफिल्ड र २४ जूनमा थम्सन रिभर्स विश्वविद्यालय क्यानडाका वक्तासँग आफ्ना जिज्ञासा राख्न सकिने डीसीले बताए ।

बेलायत तथा क्यानडाका प्रतिष्ठित विश्वविद्यालयहरुको वेबिनार गर्दै जाने समेत उनले जानकारी दिए । अहिले युके र क्यानडाको सीमा खुल्ला नै रहेको साथै त्यहाँको जनजीवन पनि सामान्य भइसकेकाले यि दुई देशमा केही जोड दिइएको हो ।

यसअघि एडभोएले बेलायतको युकलान विश्वविद्यालयबाट सुरुवात गरेको वेबिनार सिरिज, अक्सफर्ड ईन्टरनेसनल ग्रुप युके, युनिभर्सिटी अफ साउथ वेल्स युके, युनिभर्सिटी अफ क्यानडा वेस्ट, नियाग्रा कलेज क्यानडाका वेबिनार सिरिज सम्पन्न गरिसकेको छ । वेबिनारमा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको समेत एडभोएले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker