केहि खुकुलो पार्दै मोरङमा निषेधाज्ञाको समय असार ७ सम्म थपियो

विराटनगर । मोरङमा केहि खुकुलो बनाउँदै निषेधाज्ञाको समय एकसाताका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । यसअघि जारी भएको निषेधाज्ञा आज राती १२ बजे सकिदै थियो ।

जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचना अनुशार भोलीदेखिको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न छुट दिइएको छ ।

हेरौं जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker