गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेपछि थापालाई पार्टीले पदमुक्त गर्ने भनी गरेको निर्णय सदर भएको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज थापालाई उहाँको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उहाँमाथि गरेको कारबाही सदर गरेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker