
विराटनगर । प्रदेश १ मा आज ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुशार हालसम्म संक्रमित भएका मध्ये ४९ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये आज ३७९ जनामा कोरोना संक्रमित देखिएको छ ।
झापामा १४५, सुनसरीमा ९९, मोरङमा ९४, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, तेह्रथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।