प्रदेश १ का ५ जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा

विराटनगर । प्रदेश १ का ५ वटा जिल्लामा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । सुनसरी, मोरङ,  झापा, इलाम र पाँचथरमा निषेधाज्ञा लम्ब्याएको हो । चार वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरो संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याएको हो ।

यस वर्षको शैक्षिक सत्र असारबाट सुरु हुने भएकोले निषेधाज्ञावधिभर बिहान ११ बजेसम्म पुस्तक पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिने जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छ । बाँकी सर्तहरु यसअघिकै यथावत रहेको जिल्ला प्रशासन कार्यालयहरुले जारी निषेधाज्ञामा उल्लेख छ ।

दूध डेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्वाध रूपले गर्न पाउने तर भिडभाड हुने सब्जी मन्डी, गुन्द्री बजार, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न पाइने छैन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker