भारतीय सेनामा नेपाली महिलालाई भर्नाका लागि आवेदन आह्वान

काठमाडौं । भारतीय सेनामा नेपाली महिलाहरुले पनि भर्ना हुने पाउने भएको छ । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले जारी गरेको सूचनामा नेपाली महिलाले पनि भारतीय सेनामा महिला सेना प्रहरीमा भर्ना हुन पाउने उल्लेख छ ।

भारतीय सेनामा भर्ना हुनका लागि कक्षा १० उतिर्ण, १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्म, १५२ सेन्टिमिटर उच्चाइ हुनुपर्ने सूचनामा भनिएको छ । गोर्खा महिलाका लागि उचाइमा ४ सेन्टिमिटरसम्म छुट दिएको छ ।

वीर नारीहरूको हकमा ३० वर्षसम्मको उमेर हद राखिएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने सूचनामा उल्लेख छ ।

अम्बाला, लखनउ, जवलपुर, बेलगाव, पुणे र शिलांगका लागि अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker