उदयपुर सिमेन्ट उद्योग साधारण सेयर निष्कासन गर्दै

विराटनगर । उदयपुर सिमेन्ट उद्योगको सम्पन्न साधारण सभाले सरकारी ऋण राफसाफ गर्न साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको छ । ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँको साधारण सेयर निष्कासन गर्ने साधरण सभाले निर्णय गरेको हो ।

उद्योगले लिएको नेपाल सरकारसँग १ अर्ब ७२ करोड ५० लाख ऋण र त्यसको ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ गरी कूल ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय साधारण सेयर निष्कासन गरेर राफसाफ गर्ने निर्णय गरिएको उद्योगका अध्यक्ष बलराम रिजालले बताउनु भयो ।

साधारण सभाले उद्योगको जारी र चुक्ता पुँजीसमेत वृद्धि गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । सम्बन्धित निकायबाट स्वीकृति लिइ उद्योगको हाल कायम रहेको अधिकृत पुँजी ४ अर्बबाट वृद्धि गरेर १० अर्ब पुर्‍याउने रिजालको भनाई थियो । उद्योगको १४ वर्षपछि भिडियो कन्फरेन्सबाट आइतबार साधारण सभा सम्पन्न भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker