एमाले अध्यक्ष ओलीको खनाल–नेपाल समूहसहितको स्थायी समिति बैठक बोलाउने तयारी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई समेत डाकेर स्थायी कमिटी बैठक बोलाउने तयारी गनुृभएको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खनाल–नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला दिनहरूमा अनौपचारिक छलफलहरू भइरहेका छन्।

चाँडै प्रधानमन्त्रीज्यूले पार्टी एकताका लागि अघि सारेको छ बुँदे प्रस्ताव वरिपरि रहेर छलफल अघि बढ्ने गरि स्थायी समितिको वैठक आह्वान हुने उहाँले बताउनुभयो ।

उहाँका अनुशार स्थायी कमिटी बैठकमा रामबहादुर थापा ‘बादल’ सहित पूर्वमाओवादीबाट आएका स्थायी कमिटी सदस्य पनि सहभागी हुनुहुनेछ । सार्वजनिक गरिसक्नुभएको छ।

एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सार्नुभएको थियो । उहाँले आफू जेठ ३ अघिको अवस्थामा फर्किने र खनाल नेपाल पक्षका सांसदहरुले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्नेलगायतका प्रस्ताव उहाँले राख्नुभएको छ ।

यद्यपी स्थायी समितिको वैठकको मिति र वैठकमा खनाल नेपाल पक्षको सहभागिताको विषय टुङ्गिसकेको छैन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker