शिक्षा क्षेत्रका लागि प्रदेश १ सरकारद्धारा १ अर्ब १९ करोड विनियोजन

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि २३ करोड ४९ लाख

विराटनगर । प्रदेश १ सरकारले शिक्षा क्षेत्रका लागि १ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेट अनुशार मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि २३ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रका लागि मन्त्री आङ्बुहाङले राखेको बजेट मन्तब्य जस्ताको त्यस्तै:

जीवनोपयोगी तथा सिपयुक्त शिक्षा प्रदान गर्न विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, विद्यालय, धार्मिक प्रकृतिका गुरुकुल, गुम्बा र मदरसा, आंगिक क्यापस तथा स्थापित विश्वविद्यालयलाई सबलीकरण गर्ने कार्यलाई निरन्तरता दिएको छु।

शिक्षा क्षेत्रको विकासका लागि विद्यार्थी शिक्षक अनुपात, भौतिक पूर्वाधारको स्तरोन्नति र आधुनिक प्रविधिमैत्री बनाउन उपयुक्त मापदण्ड बनाइनेछ। प्रत्येक विद्यालयमा पुस्तकालयको व्यवस्था गरी क्रमशस्विद्युतीय पुस्तकालयको रुपमा स्तरोन्नती गर्दै लगिनेछ ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यालयको भौतिक सुविधाको विस्तार, मर्मत, सम्भार गर्ने ब्यवस्था मिलाएको छु। यसका लागि रू. २३ करोड ४९ लाख विनियोजन गरेको छु।

विद्यालयको भौतिक संरचनाको निर्माण तथा सुधार गर्दा अपाङ्गमैत्री, लैङ्गिकमैत्री तथा बालमैत्री बनाईनेछ। विद्यार्थीहरूका लागि स्वच्छ खानेपानी तथा सरसफाइ, मनोसामाजिक विमर्श, स्यानेटरीप्याड सुविधा, छात्रा ड्रेसिङ्ग रूम, नियमित स्वास्थ्य परिक्षण तथा यौन शिक्षा जस्ता कार्यमा स्थानीयतहसँग सहकार्य गर्ने व्यवस्था मिलाएको छु।

शैक्षिक क्षेत्रको विकासका लागि शिक्षा कार्ययोजनामा नेतृत्व विकास, क्षमता विकास, सिप एव म्कौशलको विकासलाई समावेश गर्न शिक्षक(विद्यार्थी शैक्षिक सहयोग कार्यक्रम लागू गरिने छ । शैक्षिक क्षेत्रसँग सम्बन्धित सबै प्रकारका जनशक्तिको क्षमता विकासको कार्यक्रम सञ्चालन गर्ने ब्यवस्था मिलाएको छु।

मनमोहन प्राविधिक विश्वविद्यालयलाई पूर्वाधार सहित स्वायत्त संस्थाको रूपमा विकास गरिनेछ। प्रस्तावित मदन भण्डारी प्रौद्योगिक महाविद्यालयको गठन र सञ्चालन गर्न आवश्यक कानुन निर्माण गरी संचालन तथा व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।

स्थानीय तहको जिम्मेवारीमा रहेको आधारभूत शिक्षा, स्वास्थ्य र अन्य सेवाको क्षेत्रका असल अभ्यास र अनुभवलाई प्रदेश भरी विस्तार गर्ने व्यवस्था मिलाएको छु ।

विद्यालयमा अध्ययन गर्ने बालबालिकाको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन विद्यालय नर्सिङ कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिनेछ। विद्यालय नर्सिङ्ग कार्यक्रमका लागि स्रोत व्यवस्था गरेको छु । समग्र शिक्षा क्षेत्रका लागि रू.१ अर्ब १९ करोड रकम विनियोजन गरेको छु ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker