मेलम्चिको बाढीले बगाएका सातजनाको शव फेला

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्यु भएको छ । हेलम्बु क्षेत्रमा आज विहान शव भेटिएका हुन् ।

हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्दार कार्य सुरु गरेको छ । बाढीले वेपत्ता भएका मध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभएको छ ।

मेलम्चि बजार जलमग्न

बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार जलमग्न भएको छ । बजारका धेरै घरमा पानी छिरेको छ । यहाँ स्थित एउटा घरको छतमा फसेका चार जनालाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट उद्धारको प्रयास गरिरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा हिजो बेलुका आएको बाढी–पहिरोले मानवीय क्षतिसँगै सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद पनि भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker