
काठमाडौं । प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले लकडाउन खुकुलो पार्दै लग्ने निर्णय गरेको छ । बैठकले कोरोनाविरुद्धको ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेकोले साउनदेखि खोप लगाउन सुरु गर्ने निर्णय गरेको हो ।
निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको छ । वैदेशिक रोजगारीमा अत्यधिक नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई , जापान र मलेसियालगायतका देशहरुमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । तर हप्तामा दुई हजारसम्म यात्रु मात्रै आउन दिने गरी हवाई उडान सुचारु गर्ने निर्णयग गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरु होटल क्वारेन्टाइन बस्न नसकिने अवस्थामा बढीमा १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएकोले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिनुभयो ।