विभूषित गर्न दरखास्त आह्वान : योग्य छु भन्नेले दिनुहोस् प्रमाणसहित दरखास्त

काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य व्यक्तिलाई दरखास्तको लागि आह्वान गरिएको छ । गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गर्दै असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित सम्पर्क राख्न आग्रह गरेको छ ।

विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनलाई छानविन गरी असार मसान्तभित्र प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाइसक्नु पर्नेछ ।

त्यसपछि गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्दछ । सरकारले हरेक वर्ष संविधान दिवसको दिन देश र समाजलाई विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरुलाई विभिन्न पदक र विभूषणबाट विभूषित गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker