मंसिर ३ भित्र सवै नेपालीलाई खोप लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भएको जनाएको छ ।

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री रघुवीर महासेठले बताउनुभयो । उहाँले यो खरिदमा सरकार सहभागि नभई विश्व बैंकलाई रिक्वेस्ट गरेको उहाँले जानकारी दिनुभयो ।

४५ दिनभित्र खोप दिन सरकारले भनेको तर, जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको जानकारी समेत महासेठले दिनुभयो । यस्तै उहाँले चीनको साइनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया समेत सुरु गर्न लागिएको बताउनुभयो ।

यस्तै सरकारले इजरायलसँग पनि खोप खरिदका लागि संवाद गरिरहेको महासेठले जानकारी दिनुभयो । आगामी मंसिर ३ गतेभित्र सबै नेपाली नागरिकलाई दुबै डोज खोप लगाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker