एक्स ९ मा भिलेनको भूमिकामा सुनिल शेट्टी देखिने

काठमाडौं । निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको एक्स ९ – लेभल १ चलचित्रका लागि भिलेनको रुपमा बलिउड सुपरस्टार सुनील शेट्टीले भूमिका निर्वाह गर्ने भएका छन् ।

निर्देशक भट्टका अनुशार शेट्टीसँग फिल्मको बारेमा कुराकानी भइसकेको छ भने शेट्टीले सकारात्मक प्रतिकृया दिनुभएको छ । भट्टलाई उदृत गर्दै फिल्मीखबरले लेखेको छ ,‘सम्भवतः चाँडै कागजी सम्झौता हुनेछ ।’

शेट्टीले दिनको हिसाबले पारिश्रमिक लिने भएपछि उहाँको भूमिकाको छायांकन एकसातामा सक्ने तयारी निर्देशक भट्टको छ । शेट्टी छायांकनको लागि नेपाल नै आउनुहुनेछ । सिक्वेल चलचित्र बनाउन रुचाउने भट्टले एक्स ९ चलचित्र नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म हुने दावी गर्नुभएको छ ।

एक्स ९ मा नायकका रुपमा अनमोल केसीको अभिनय रहने भएको छ । अनमोल फिल्म गर्न तयार रहेको र अहिले वर्कआउट गरिरहेको भट्टले जानकारी दिनुभएको छ । यसका लागि केसीले चलचित्र ‘कृ’ बराबरको शरीर बनाउनु पर्नेछ ।

यस्तै, फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ । चलचित्रको छायांकन भने तिहारपछि शुरु हुने बताइएको छ । भट्टका यसअघि ‘लप्पन छप्पन र लप्पन छप्पन २’ निकै चर्चामा आएका चलचित्र हुन् ।

अब बन्ने फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न पहल गरिने जानकारी दिनुभएको छ । फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहनुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker