सरकारको कुप्रचार गर्नेहरुका विरुद्ध कामबाट खण्डन गर्न प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध काम गरेर त्यसको प्रतिवाद गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै आज विरोधीहरू आक्रमक ढंगले प्रस्तुत भएकोले सरकारको कामबाट त्यसको खण्डन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ।’ उहाँले विरोध गर्दागर्दा पनि सरकार ढाल्न नसकेर केही अदालतको सहारा लिन पुगेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबानमा नपर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले डुबानका क्षेत्रमा केहि खोलिएको भन्दै बाँकी ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक रहेको बताउनुभयो । उहाँले यसकालागि संयुक्त टोलीले सर्भे गर्ने, निर्णय गर्ने र खटाउनुपर्ने बेला यहीँ रहेको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ अघि बढेको बताउनुभयो । ‘उहाँले त्यसैले बजेटमा चुरे दोहन नगर्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी ननिकाल्ने, बरु खानी पत्ता लगाउने, उपयुक्त छ–छैन वातावरणीय सर्भे गर्ने र अनुकुल खानी भेटिएको ठाउँबाट मात्र गिट्टी बालुवा निकाल्ने योजना रहेको बताउनुभयो ।

खानीबाट नेपाललाई पुगेर धेर हुने अवस्था आए विक्रि गरेर व्यापार पनि गर्न सक्छौँ भन्ने बिषयलाई बजेटले समेटेको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker