
काठमाडौं । डेनमार्कलाई पराजित गर्दै बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । सोहि अग्रता कायम राखेको डेनमार्ग दोस्रो हाफमा भने बेलिज्यमसँग पराजित हुन पुग्यो । दोस्रो हाफमा निकै आकर्षक खेल प्रस्तुत गरेको बेल्जियमले दुई गोल गर्यो ।
बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरेपछि जितसँगै नकआउट चरणमा प्रवेश गरेको हो ।