जसपाको यादव पक्ष आधिकारीता दावी गर्न निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष आज आधिकारीता दावी गर्न निर्वाचन आयोग जाँदैछ ।

जसपा केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे प्रमुख नेताहरू आफैं निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय पुगेर पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिने तयारी भएको हो ।

यादव पक्षको हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker