सेल्फी खिच्न खोज्दा हात्तीको आक्रमणले एक जनाको मृत्यु

विराटनगर । सुनवर्षी नगरपालिका ८ कुरेलीमा सेल्फी खिच्न खोज्दा भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीको आक्रमणमा परी एक जनाको शुक्रबार मृत्यु भएको छ । स्थानीय २१ वर्षीय मनोहर मियाँको मृत्यु भएको हो ।

नजिक गएर सेल्फी खिच्ने क्रममा हात्तीले आक्रमण गर्दा घाइते भएका उहाँको उपचारको क्रममा न्यूरो अस्पताल विरानगरमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker