ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । पथरीशनिश्चरे र कानेपोखरीस्थित छुट्टाछुट्ट स्थानबाट ४ जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे नगरपालिका १ का ३५ वर्षीय नारायण परियार, ३२ वर्षीय कृष्ण दर्नाल, कानेपोखरी गाँउपालिका २ का ३१ वर्षीय हर्क बिष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट परियार र दर्नाललाई ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल तराजुसहित पक्राउ गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

यस्तै, कानेपोखरी गाँउपालिका २ का बिष्ट र निरौलालाई घरबाटै ब्राउन सुगर २ ग्राम ४०० मिलिग्रामसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको राईले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker