
विराटनगर । प्रदेश १ सरकारले कोरोना महामारीका बीच सुरु भएको मनसुनले बाढी पहिरोको उच्च जोखिम बढेको हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
आन्तरिक मामिला तथा योजना मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी खोला, नदी, किनारका वस्ति, डुबान तथा पहिरोजन्य स्थानका वस्तिबासीलाई सचेत र सतर्कता अपनाउन आग्रह गरेको छ ।